तर चलेन लभ यू बाबा, जेरी पछिका सवै फिल्म फ्लप

Share:

प्रिमियर शोबाट प्रशंशा बटुल्न सकेपनि लभ यू बाबाले राम्रो ब्यापार गर्न सकेन । गिनिज बुकमा नाम लेखाउने प्रयाशमा रहेका ८ बर्षे निर्देशक सौगात बिष्टको यो फिल्मले मोफसल र राजधानी  कतै पनि राम्रो ब्यापार गर्न नसक्दा निर्माण यूनिट तनावमा छ । फिल्मलाई अभिनेता गजित बिष्टको परिवारले बनाएको हो जसमा गजित सहित उनको छोरी सम्म प्रमुख भूमिकामा छन् ।

वितरक एवं प्रर्दशकहरुले लभ यू बाबाको ब्यापारलाई फ्लपको संज्ञा दिएका छन् । उनीहरुले राम्रो फिल्म भएर पनि दर्शक हलमा नआउनुलाई कमजोर प्रचार प्रसारको नतिजा भनेका छन् । यसैगरी ल भ यू बाबसंगै प्रर्दशन भएको कान्छी मट्याङ ट्याङले केही हद सम्म दर्शक तानेपनि यो फिल्मलाई सफल पनि सफल मानिएको छैन् । कार्तिक  २८ मा  अनमोल के.सीको  जेरी जसरी हिट भयो  ठीक बिपरित मंसिर ५ मा प्रर्दशन भएका श्री ५ अम्बरे र हमजाएगा  फ्लपको  सूचीमा परेका छन् ।

gajit-bista

तर हमजाएगा भन्दा अम्बरेको ब्यापार माथि हुँदा यसका निर्माता ठूलो घाटाबाट चाँहि जोगिएका छन् । यसैगरी मंसिर १२मा लागेको मिस्टेकले मार्केटिङमा मिस्टेक गर्दा पानी समेत भन्न नपाएको रिपोर्ट हामीलाई प्राप्त भएको छ ।

यस्तै यहि बर्षको बैशाखमा नोभेम्बर रेन र कार्तिकमा लज्जा गरी दुई फिल्म हिट दिएका आर्यन सिग्देलको नाईँके पनि फ्लप  भयो । वितरक एवं हलवालाहरुको प्रिभ्यू विपरित नाईँके कमजोर हुँदा यसका निर्मातालाई मात्र हैन पेश्की रकम दिएका वितरकलाई समेत घाटा लागेको छ ।

औषत फिल्म हुँदा हुँदै नाईके फल्प हुनुको प्रमुख कारण पनि कमजोर मार्केटिङ भनिएको छ । ‘यदि छवि ओझा जस्ता  मेकरले  नाईके  बनाएको भए  सुपरहिट हुन्थ्यो होला ।’  नाईकेको काठमाण्डू वितरण हेरेका वितरक गोपाल कायस्थले भनाई छ ।

यस्तै नाईकेसंगै प्रर्दशन भएको रङ बैजनीले पनि पूर्ण रुपमा फ्लप ब्यापार गरेको छ । पुरानो ढर्राको स्टोरी टेलिङ सहित फिल्म निर्माणको प्रक्रिया टेलिफिल्म जस्तो भनी रिभ्यू बटुलेको रङ बैजनीलाई १२ बर्षपछि कमब्याक हुँदै शम्भू प्रधानले बनाएका हुन तर विडम्बना बरु १२ बर्ष अघि उनका फिल्म जति   राम्रा हुन्थे रङ बैजनी कहि कतै राम्रो भन्ने मान्छे पाईएन ।

Newsfilmy.com

कमेन्ट गर्नुहोस्
Share: