थिएरी हेनरीद्वारा सन्यासको घोषणा

Share:

१ पुस, काठमाडौं । आर्सनल र फ्रान्सका पूर्व स्ट्राइकर थिएरी हेनरीले २० वर्षे फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

Thierry-Henry

सन् १९९८ का विश्वकप विजेता तथा आर्सनलका सर्वाधिक गोलकर्ता हेनरीले यसै महिना न्यूयोर्क रेडबुल क्लब छाडेका थिए । ३७ वर्षका हेनरीले भनेका छन्-‘यो अविश्मरणीय यात्रा रहृयो ।’

हेनरीले बार्सिलोना, युभेन्टससँगै मोनाकोबाट पनि खेले । उनले पि्रमियर लिगमा मात्र १७५ गोल गरेका छन्, जुन चौथो सर्वाधिक गोल हो । सन् १९९९ देखि २००७ सम्म आर्सनलका लागि खेलेका उनले दुई पटक प्रिमियर लिग र तीन पटक एफए कपको उपाधि जितेका थिए ।

उनले बार्सिलोनाबाट खेल्दै २००९ मा च्याम्पियन्स लिगको उपाधि उचाले भने २०१२ मा चार महिनाका लागि रेडबुलबाट लोनमा आर्सनल आए । उनले एफए कपमा लिड्सविरुद्ध बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका गोल समेत गरेका थिए ।

हेनरीले १९९४ मा १७ वर्षको उमेरमा मोनाकोबाट डेब्यू गरेका थिए । १९९७ मा उनको क्लबले लिग वानको उपाधि समेत जित्यो । सन् फ्रान्सले १९९८ मा विश्वकप तथा २००० मा युरो कप जित्दा उनी टोलीको सदस्य थिए ।

कमेन्ट गर्नुहोस्
Share: