
तनहुँ । आगलागीबाट तनहुँमा दुई घर जलेर नष्ट भएका छन्। तनहुँको व्यास नगरपालिका ७ क्यामिन छाप सामलीका तिलविक्रम परियार र गोकर्ण परियारको घरमा विद्युत् सट भएर सोमबार आगलागी भएको हो।
खरको छानो भएको घरमा विद्युत सट भई आगलागी हुँदा दुवै घर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ । मानवीय क्षति भने भएको छैन ।
आगलागीबाट तिल विक्रमको करिव सात लाख र गोकर्णको छ लाख गरी करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
