टोकियो ओलम्पिक दिपको प्रदर्शनी स्थगित

Share:

काठमाडौं । टोकियो ओलम्पिक खेलकुदको दिप प्रज्वलनको प्रदर्शनी स्थगित भएको छ । कोरोना भाईरसको कारण जापान सरकारले संकटकाल घोषणा गरेसँगै ओलम्पिक दिपको प्रदर्शनी पनि बन्द गरिएको हो ।

कोरोनाकै कारण एक वर्ष पछि सरेको टोकियो ओलम्पिकको दिप फुकुशिमा प्रान्तमा प्रदर्शनीका लागि राखिएको थियो । एक वर्ष स्थगित विश्व खेलकुदको कुम्भमेला टोकियो ओलम्पिक सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ । यस अघि टोकियो ओलम्पिक यहिँ जुलाई २४ देखि अगस्ट ९ सम्म हुने तय थियो ।

कमेन्ट गर्नुहोस्
Share: