
बाग्लुङ । बागलुङमा आज (बिहीबार) देखि कोरोना संक्रमणको र्यापिड टेष्ट शुरु गरिँदैछ । कोरोनाको उच्च जोखिम बढेपछि सरकारले र्यापिड टेष्टबाटै बागलुङमा कोरोना परीक्षण गर्ने निर्णय गरेको थियो ।
एक हजार जनाको र्यापिड टेष्ट गर्ने किटसहित स्वास्थ्य मन्त्रालयको टोली जिल्ला आइपुगेको धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र पोखरेलले जानकारी दिए ।
जिल्लामा रहेका दुई संक्रमित, उनीहरुको परिवार र सम्पर्कमा रहेका र अन्य विदेशबाट आएका शंकास्पद ९ सय भन्दा बढीको परीक्षण गर्ने बताइएको छ ।
कमेन्ट गर्नुहोस्
