
काठमाडौं । नेपाल आयल निगमले आगामी आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री गर्ने भएको छ । उद्योगीको माग र भण्डारगृह भरिएकाले निगमले पुनः भरी सिलिण्डर बिक्री गर्ने निर्णय गरेको जनाइएको छ ।
भरी सिलिण्डरमा १४.२ किलो ग्यास हुने गर्छ । निगमकाअुनसार आज (बिहीबार) देखि नै उद्योगीलाई ग्यास भर्न दिइने छ ।
यसअघि निगमले चैत १३ गतेदेखि केही दिनका लागि भन्दै आधा (७.१ किलो)को ग्यास सिलिण्डर मात्रै बिक्री गर्न उद्योगलाई निर्देशन दिएको थियो । त्यसयता आधा सिलिण्डरमात्र बिक्री गर्दै आएको छ ।
यो पनि पढ्नुहोस् :
आधा सिलिण्डर ग्यास मात्र किन्न पाइने
कमेन्ट गर्नुहोस्
