
काठमाडौं । भारतको मध्य प्रदेशमा कोरोना भाइरस (कोभिड–१९)का कारण एकजना डाक्टरको मृत्यु भएको छ ।
कोरोना संक्रमणका कारण ६२ वर्षका डाक्टर शत्रुघन पञ्जवानीको आज बिहान मृत्यु भएको बीबीसीले जनाएको छ । मध्यप्रदेशमा कोरोनाको कारण डाक्टरको ज्यान गएको यो पहिलोपटक हो ।
भारतमा अहिलेसम्म ६ हजार २ सय ३७ जना कोरोनाबाट सङ्क्रमित भएका छन् भने १८६ जनाको ज्यान गएको छ ।
कमेन्ट गर्नुहोस्
