
गोकुल बानियाँ, पोखरा २ पुष । पार्किङ ब्यबस्थापनमा देखिएको बिबाद समाधानको लागि गठित कार्यदलले पार्किङ शुल्कमा परिमार्जन सहितको प्रस्ताव तयार पारेको छ । कार्यदलको बुधवार बसेको बैंठकले पार्किङ शुल्क पुनरावलोकन सहित चार वटा निर्णय सहितको प्रस्ताब तयार पारेको हो ।
कार्यदलका सदस्य उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोईरालाले बताए अनुसार यसअघिको पार्किङ शुल्क घटाई नयाँ शुल्कको प्रस्ताब कार्यदलले तयार परेको छ । जस अनुसार बस, ट्रक र मिनिवसको १० रुपैया, ट्याक्सी, भ्यान र माईक्रोबसको ७ रुपैया तथा मोटरसाईकल र स्कुटरको ५ रुपैया प्रतिदिन शुल्क निर्धारण गरिएको छ ।
कार्यदलले तयार पारेको यो प्रस्ताब सम्बन्धित सरोकारवालासंगको छलफलबाट पारित गराई लागु हुने बताईएको छ । र मिनीबसको २५, ट्याक्सी, भ्यान , माईक्रोबसको २०, पावर टेलर, ट्याक्टरको १०, जिप ,कारको १५ र मोटरसाईकल र स्कुटरको ७ रुपैया पार्किङ शुल्क तिर्नुपर्छ ।
कार्यदलको बैंठकले सार्बजनिक सवारीको हकमा प्रत्येक स्टेशनमा पार्किङ शुल्क तिर्न नपर्ने तथा सेवाग्राहीले सेवा लिने सरकारी कार्यालय अगाडि र बिद्यार्थीले बिद्यालय, कलेज अगाडि गर्ने पार्किङको शुल्क नलाग्ने ब्यबस्था गर्न प्रस्ताब गर्ने निर्णय समेत गरेको कोईरालाले बताए ।
कार्यदलमा पोखरा उपमहानगरपालिकाका कानुन अधिकृत नारायण प्रसाद शर्मा, पोखरा बस ब्यबशायी समितिका अध्यक्ष रमेश गिरी, उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोईराला, ट्याक्सी ब्यबशायी समितिका अध्यक्ष गान्धिराज गिरी, ट्राफिक प्रहरी नायब निरिक्षक शिब बहादुर थापा , यातायात मजदुर नेताहरु रुद्र गौतम र जित बहादुर गुरुङ सदस्य छन् भने उपमहानगरपालिका कार्यालयका शिब हरि शर्मा सदस्य सचिब रहेका छन् ।
पोखरा उपमहानगरपालिकाले पार्किङको लागि नाईस नेपाल कन्स्ट्रक्सन कम्पनीसंग २० महिनाको लागि एक करोड १७ लाखमा ठेक्का सम्झौता गरेको थियो । २०७३ असार सम्म पार्किङ ब्यबस्थापनको जिम्मेवारी लिएको कन्स्ट्रक्सनले सार्बजनिक यातायात संग हरेक स्टेशनमा पार्किङ शुल्क लिन थालेपछि यातायात ब्यबशायी आन्दोलित भएका थिए । समस्या समाधानको लागि उचित सुझाब सहितको प्रस्ताब पेश गर्न सोमवार गठित कार्यदललाई पाच दिनको समय दिईएको छ ।

