सेती नदिमा डुबेर एक बेपत्ता

Share:

पोखरा । पोखराको सेति नदिमा डुबेर एक व्यक्ति बेपत्ता भएका छन् । आज (शुक्रबार) करिब ११ बजे पोखरा – १ बगर, पीएन क्याम्पसको तल सेति नदिको खोंचमा पोखरा – १६ दिप बस्ने अमृत मगर डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

करिब २३/२४ बर्षका मगर दुई जना साथीसँग माछा मार्न र पौडी खेल्न सेति नदिमा गएका थिए । अहिले रेस्क्यु टोलि सहितको प्रहरी टोली खटिई खोजतलाश जारि रहेको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: