
काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण फैलिने देशको संख्या २ सय १० पुगेको छ । यमनमा एक जनामा कोरोना पुष्टि भएसँगै कोरोना सङ्क्रमण फैलिएको देशको संख्या २ सय १० पुगेको हो ।
२ सय १० र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा फैलिँदा झण्डै १७ लाख मानिसमा कोरोना सङ्क्रमण भएको छ । अहिले सम्म विश्वमा कोरोना संक्रमितको संख्या १६ लाख, ९९ हजार ५ सय ६१ पुगेको छ भने ३ लाख ७६ हजारभन्दा ३ सय २३ जना उपचारपछि निको भएका छन् ।
यस्तै कोरोना सङ्क्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । अहिलेसम्म १ लाख २ हजार ७ सय ३४ पुगेको छ ।
गएको २४ घण्टामा अमेरिकामा मात्रै २ हजार ३७ जनाको मृत्यु भएको छ। योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या १८ हजार ७ सय १९ पुगेको छ। संक्रमित हुनेको संख्या ५ लाख २ हजार ४९ पुगेको छ।
यस्तै इटलमी मृत्यु हुनेको संख्या १८ हजार ८ सय नाघेको छ भने संक्रमितको संख्या एक लाख ४७ हजार पुगेको छ । स्पेनमा मृत्यु हुनेको संख्या १६ हजार पुगेको छ। त्यहाँ संक्रमितको संख्या १ लाख ५८ हजार पुगेको छ । फ्रान्समा अहिलेसम्म १३ हजार जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ लाख २५ हजार ९ सय पुगेको छ ।
