आजदेखि सरकारले देशभरका सबै क्वारेन्टाइनको स्थलगत अनुगमन गर्ने

Share:

काठमाडौं । आजदेखि सरकारले देशभर स्थानिय तह तथा अन्य निकायमार्फत् व्यवस्थापन गरिएका क्वारेन्टाइनको स्थलगत अनुगमन गर्ने भएको छ । विदेशबाट आएका व्यक्तिहरु तथा शंकास्पद अन्य व्यक्तिहरुलाई कोरोना रोगबाट संक्रमण हुन नदिन सरकारले बनाएको क्वारेन्टिन व्यवस्थापन तथा सञ्चालन कार्यविधी अनुसार मापदण्ड पुरा भए नभएको स्थलगत अनुगमन र आवश्यक सहजिकरण गर्न लागिएको हो।

आज मध्यान्ह काठमाडौंको पशुपति क्षेत्रमा सञ्चालिन क्वारेन्टाइनबाट अवलोकन शुरु गर्न लागिएको हो। मन्त्रिपरिषद्को गत चैत्र १६ गतेको बैठकले सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतलाई अनुगमन र सहजिकरणको जिम्मेवजारी दिएको थियो।

शुक्रबार सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले उपत्यकाका १८ वटै नगरप्रमुख, तिन जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा नेपाली सेनाका क्वारिन्टाइन व्यवस्थापनमा खटिएका पृतनापतिसँग छलफल गरेका थिए। छलफलमा मन्त्री मानन्धरले क्वारेन्टिन व्यवस्थापन तथा सञ्चालन मापदण्डबारे जानकारी गराउँदै अब सरकारले भोलिदेखि अनुगमनलाई तिब्रता दिन लागेको जानकारी दिएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: