
काठमाडौं । पोर्चुगलमा थप ३ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै पोर्चुगलमा कोरोना संक्रमित नेपालीको संख्या २२ पुगेको छ। संक्रमितमध्ये ८ जनाको अस्पतालमा उपचार भइरहेको छ। अन्य १४ जनालाई घरमै आइसोलेसनमा राखिएको छ।
पोर्चुगलमा अहिलेसम्म कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ३५ पुगेको राष्ट्रिय स्वास्थ्य महानिर्देशनालयले जनाएको छ । संक्रमितको संख्या १५ हजार ४ सय ७२ पुगेको छ भने २ सय ३३ जना उपचारपछि निको भएका छन् ।
कमेन्ट गर्नुहोस्
