त्रिविद्वारा जेठ महिनासम्ममा हुने सबै परीक्षा स्थगित

Share:

काठमाडौं । त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिले आगामी जेठ महिनासम्ममा सञ्चालन हुने सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। बिहीबार भएको समितिको बैठकले कोरोना भाइरस (कोभिड–१९) को कारणले परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली र सेमेष्टर प्रणाली परीक्षा अर्को सूचना प्रकाशित नगरेसम्म स्थगित गर्ने निर्णय गरेको हो ।

वैशाख र जेठमा विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन सङ्काय र शिक्षा शास्त्र सङ्कायतर्फका चार वर्षे क्रमशः बीएस्सी, बिबिएस र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा हुँदै थिए। त्यसैगरी पोष्ट ग्राजुएट डिप्लोमा इन काउन्सीलिङ साइकोलोजी, स्कूल साइकोलोजी र पोष्ट ग्राजुएट इनउमन स्टडिजका पूरा तथा आंशिक परीक्षा गर्ने तयारी थियो।

त्रिविले कोभिड–१९ को कारणले यसअघि चैतमा हुने परीक्षा स्थगित गरेको थियो।

कमेन्ट गर्नुहोस्
Share: