योगेश र सारिकाको ‘मायाको सुगन्ध’ सार्वजनिक

Share:

बिग न्यूज
पोखरा, २९ चैत । गायक तथा संगीतकार योगेश काजी बिसीले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘मायाको सुगन्ध’ बोलको गीत उनले ‘कार्टुन क्रुज’को यूट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । सार्वजनिक गीतको भिडियोमा ‘कार्टुन क्रुज’कै सदस्यहरुको अभिनय रहेको छ ।

यो गीतमा योगेशलाई स्वरमा गायिका सारिका घिमिरेले साथ दिएकी छन् । यो गीतको शब्द पनि सारिकाकै हो । युट्युबमा सार्वजनिक गीतलाई छोटो समयमै राम्रो प्रतिक्रिया पनि मिलेको छ । करिब ६ घण्टामै यो गीत नेपाल ट्रेण्डिंगमा आएको छ । र, यो ट्रेण्डिंगमा उक्लिँदै गएको छ ।

भिडियोमा सरोज अधिकारी र आश्मा विश्वकर्माको साथमा पेम्बा मगर, ज्ञानेन्द्र हुमागाईं, आस्था विश्वकर्मा, निमबाबु तामाङ, सन्देश थापा, केभिन विश्वकर्मा लगायतको अभिनय देख्न सकिन्छ । डान्सिङ्ग भिडियो गर्दै आएको कार्टुन्ज क्रुले पहिलो पटक अभिनयमा आधारित लभ स्टोरी म्युजिक भिडियो बनाएको छ ।

सरोज अधिकारीको निर्देशन रहेको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् । भिडियोको दृश्य सम्पादन भने पवन शुष्लिङले गरेका हुन् ।

कमेन्ट गर्नुहोस्
Share: