जारी लकडाउन बैशाख १५ सम्म थप्ने सरकारको निर्णय

Share:

काठमाडौं । सरकारले जारी लकडाउनलाई बैशाख १५ गतेसम्म थप्ने निर्णय गरेको छ। कोरोनाको संक्रमण फैलन नदिन भन्दै मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन १२ दिन थप्ने निर्णय गरेको हो ।

यसअघि सरकारले चैत ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो। पछि उक्त अवधि २ पटक सम्म थप गरी वैशाख ३ गतेसम्म र्पुयाइएको थियो।

यसैगरी बैठकले बैशाख १८ गतेसम्मका लागि सीमानाका बन्द नै राख्ने निर्णय गरेको छ। सरकारले यसअघि नै बैशाख १८ सम्मका लागि अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरिसकेको छ।

कमेन्ट गर्नुहोस्
Share: