आन्तरिक उडान वैशाख १८ सम्म स्थगित

461
0
Share:

काठमाडौं । सरकारले आन्तरिक उडान पनि आगामी वैशाख १८ गतेसम्मका लागि रोक्ने निर्णय गरेको छ। आज (बुधबार) सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय लिएको हो ।

समितिको बैठकपछि बोल्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद बिडारीले यसबारेमा जानकारी दिएका हुन्।

यसअघिको बैठकमा आन्तरिक उडानबारे कुनै निर्णय भएको थिएन । सरकारले यसअघि नै अन्तराष्ट्रिय उडान वैशाख १८ सम्मका लागि रोक्ने निर्णय गरेको थियो।

कमेन्ट गर्नुहोस्
Share: