कोरोना रोकथाम कोषमा राप्रपा प्रदेश सांसदद्वारा १५ दिनको तलब सहयोग

414
0
Share:

काठमाडौं । कोरोना रोकथामका लागि प्रदेश सरकारहरुले खडा गरेको कोषमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेशसभा सांसदले १५ दिनको तलब सहयोग गरेका छन् ।

राप्रपाको तर्फबाट वाग्मती प्रदेशमा रीता माझी र रिना गुरुङ, प्रदेश १ मा इन्दिरा राई र कर्णाली प्रदेशमा सोशीला शाही प्रदेशसभा सदस्य रहेका छन् ।

उनीहरुले आआफ्नो प्रदेश सरकारले खडा गरेको कोरोना रोकथाम कोषमा रकम जम्मा गर्ने राप्रपा केन्द्रीय सचिवालय प्रमुख भास्कर भद्राले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: