
पोखरा । र्यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) बाट गरिएको परीक्षणमा एन्टिबडी पोजेटिभ देखिएकी पोखराकी एक महिलाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
बुधबार आरडीटी विधिबाट नमुना परीक्षण गर्ने क्रममा पोखरा–१२, ढिकालेथरकी ५५ वर्षीया महिलामा एन्टिबडी पोजेटिभ देखिएको थियो । तर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा स्वाब परीक्षण गर्दा नतिजा नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
बुधबार पोखरा महानगरपालिकाका १० र १२ वडाका ३४ जनाको र्यापिड डाइग्नोस्टिक टेष्ट गर्ने क्रममा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।
अहिले महिलाको अवस्था सामान्य रहेको जनाइएको छ । उनी दुबईमा छोरालाई भेटेर चैत ८ मा नेपाल फर्किएकी थिइन् ।
सम्बन्धित न्युज:
पोखराकी एक महिलामा पनि र्यापिड टेस्टमा एन्टिबडी पोजेटिभ
