नेपालमा एकैदिन १४ जनामा कोरोनाको संक्रमण पुष्टि, संक्रमितको संख्या ३० पुग्यो

Share:

काठमाडौं । नेपालमा एकैदिन १४ जनामा कोरोना (कोभिड(१९) को संक्रमण भएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ। उनीहरु मध्ये पहिलो संक्रमित निको भइसकेका छन् ।

आज (शुक्रबार) राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उदयपुर र चितवनमा गरी १४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा बसेका १६ जनामध्ये १२ भारतीयमा कोरोना संक्रमण भएको पुष्टि भएको हो । त्यस्तै चितवन राप्ति नगरपालिकाकाका दुई जनामा पनि कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित सबै १४ जना नै पुरुष भएका जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: