बागलुङमा भीरबाट लडेर एकको मृत्यु

Share:

बागलुङ । बागलुङमा भिरमौरीको मह निकाल्न गएका एक युवाको भिरबाट लडेर मृत्यु भएको छ ।

गलकोटको कौलेनी जंगलमा शनिबार साँझ मह निकाल्न गएका गलकोट नगरपालिका–५ का ३३ वर्षीय पुरन रानाको लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गलकोटले जनाएको छ ।

भिरमौरीको मह निकाल्न उनी साथिहरुसँग गएका थिए ।

कमेन्ट गर्नुहोस्
Share: