
पोखरा । एनएमबि बैंकले सोमवार गण्डकी प्रदेश सरकारलाई अति आवश्यक सामग्री सहयोग गरेको छ ।
एनएमबि बैंकका गण्डकी प्रदेश प्रमुख गणेश पराजुलीले कोभिड–१९ महामारी विरुद्धकोे लकडाउनले गर्दा भएको खाद्यान्न अभाव परिपूर्ति गर्न ७ सय ५० किलो चामल र २५० किलो दाल पोखरा महानगरपालिकाका नगर प्रमुख श्री मान बहादुर जिसी लाई पोखरा महानगर कार्यालयमा हस्तान्तरण गरेका हुन् ।
कोभिड–१९ बाट मुलुकमा सबैभन्दा बढी प्रभावित समुदाय/व्यक्तिलाई सहयोग पु¥याउने उद्देश्यका साथ एनएमबि बैंकले देशभरका शाखा र प्रादेशिक तहमा विभिन्न प्रकारका योगदानहरु आरम्भ गरेको छ ।
कमेन्ट गर्नुहोस्

