
काठमाडौँ । देशभरको मौसम आज (बुधबार) दिनभर आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
स्थानीय वायु र पश्चिमी वायुको प्रभावका कारण दिउँसो आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । पहाडी भू–भागका धेरै स्थान र मध्य र पूर्वी तराईका थोरै स्थानमा अपराहन्नपछि चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
यस्तै राति पनि पहाडी भू–भागका एक–दुई स्थान र पूर्वी तराईका थोरै स्थानमा चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
