
पोखरा । पोखरा महानगरपालिका वडा नं. ३० को कार्यलायमा वडाध्यक्ष श्रीराम पोख्रेलको संयोजनमा बसेको बैठकले वडामा बस्ने नागरिकहरुको हितलाइ ध्यानमा राख्दै बिपद ब्यबस्थापन तथा सहयोग कोषको स्थापना गरेको छ।
कोषलाई पारदर्शी बनाउनको लागी आर्थिक परिचालन समितिको पनि गठन गरेको छ। समितिमा नेकपा ३० का अध्यक्ष कृष्ण अधिकारी, नेपाली काँग्रेस ३० का सभापती निरलाल तझ्याको सम्युक्त अध्यक्षतामा समिति निर्माण भएको हो।
दुइ अध्यक्ष मध्ये कुनै एकको हस्ताक्षर तथा वडा सचिब दुर्गा न्यौपानेको अनिबार्य हस्ताक्षर हुनेगरी बैंक खाता सन्चालन हुनेछ । ११ सदस्य रहेको समितिमा लेखनाथ उद्योग बाणिज्य संघका दितिय उपाध्यक्ष राजेन्द्र ओझा, लायन्स क्लब अफ ताल नगरीका अध्यक्ष केशब तिवारी, कृषि सन्जालका अध्यक्ष दयाराम तिवारी, गौतम ऋषि सहकारीका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, शिशुवा सिआरभिका प्रमुख, गगनगौडा शाखाका प्रहरी प्रमुख, मिडियाकर्मी शिबराज सुबेदी लगायत सदस्य रहेका छन् ।
सहयोगी दाताहरुले दिएको रकमलाइ जानकारी दिन र अन्य सुचना प्रबाहको लागी अबिनास बास्तोलालाई फेसबुक सन्चालन गर्ने जिम्मेवारी दिइएको छ भने सहजीकरण र सल्लाहको लागी भुगोल अनुसार २५ जनाको सल्लाहकार समिती पनि गठन गरिएको छ।
समिती गठन प्रकृयामा बिभिन्न आमासमुह, टोलबिकास सस्था, युवा क्लब र सामाजिक ब्याक्तित्वहरुको सहभागिता रहेको थियो। समितिले अर्थ संकलनको लागि ब्यक्तिगत, संस्थागत र बिभन्न सामाजिक ब्याक्तित्वहरुलाइ अनुरोध गर्नेछ। कोषमा जम्मा भएको रकम पोखरा ३० मा भैपरि आउने बिपद ब्यवस्थापनको लागी खर्च गरिने कुरा समितिका अध्यक्ष कृष्ण अधिकारिले जानकारी दिए ।
