
काठमाडौं । नेपालमा कोरोना (कोभिड–१९) संक्रमितको संख्या ४५ पुगेको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणमा तीजना कोरोनाका बिरामी थपिएसँगै संक्रमितको संख्या ४५ पुगेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा कोरोना सङ्क्रमण भएको होे । संक्रमित तीनैजना उदयपुरको भुल्केकै रहेको बताइएको छ। यससँगै उदयपुरमा मात्रै संक्रमितको संख्या २७ पुगेको छ।
यस्तै नेपालमा अहिलेसम्म ४५ कोरोना संक्रमितमध्ये ७ जना निको भएर घर फर्किएका छन्। पछिल्लो पटक दुईजना बिरामी आज (बुधबार) डिस्चार्ज भएका छन्। धनगढीको सेती अस्पतालबाट कञ्चनपुरको बेदकोट नगरपालिकाका पुरुष र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट धादिङका युवक बुधबार निको भएर घर फर्किएका हुन् ।
