
काठमाडौँ । देशभरको मौसम आज (बिहीबार) पनि आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशभरको मौसम बदली भई देशका धेरै स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्।
स्थानीय र पश्चिमी वायुको प्रभावल पहाडी भू–भागका धेरै स्थानमा तथा मध्य र पश्चिम तराईका थोरै स्थानमा अपराहन्नपछि मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
यसैगरी राति पनि पश्चिमी पहाडी भू–भागका एक–दुई स्थान तथा मध्य र पूर्वका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
कमेन्ट गर्नुहोस्
