पाकिस्तानी सेनाको कारबाहीमा ५७ तालिबानी मारिए

Share:

काठमाडौं, पौष ४ । पाकिस्तानी सेनाको कारबाहीमा ५७ तालिबानी आतंकवादी मारिएका छन् । पाकिस्तान र अफगानिस्तानको सीमा खैबर प्रान्तमा अखडा जमाइ बसेका आतंकवादीहरुमाथि पाकिस्तानी सेनाले हवाई तथा स्थलगत आक्रमण गरी ५७ जना तालिबानी विद्रोही मारेको जनाइएको छ ।

taaliban

तालिबान विद्रोहीले पाकिस्तानको पेशावर सहरको सैनिक विद्यालयमा आक्रमण गरी १ सय ४१ जनाको ज्यान लिएपछि पाकिस्तानी सेनाले तालिबानका अखडाहरु पहिचान गरी हवाई र स्थलगत आक्रमण तीव्र पारेको छ ।

यसअघि पाकिस्तानको तिरह प्रान्तमा तालिबानी विद्रोही सवार गाडीलाई पाकिस्तानी सेनाले एम्बुसमा पारी ३२ जनालाई मारेको थियो ।

गत जुनदेखि पाकिस्तानी सेनाले थालेको कारबाहीका क्रममा हालसम्म १७ सय तालिबानी विद्रोही मारिइसकेका छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्
Share: