पोखरा नदिपुरमा हरेक दिन २ सय परिवारलाई निशुल्क खाना

Share:

पोखरा । नगर तरुण दलको आयोजनामा पोखरा–३ नदिपुरमा विपन्न वर्गका लागि मेस सञ्चालन गरेको छ । लकडाउनका कारण खाद्यान्न अभाव भोगिरहेका तथा घरमा चुल्हो बाल्न नसकेकाहरुलाई लक्षित गरि मेस सञ्चालन गरिएको संयोजक महेन्द्र भान्जा पुनले जानकारी दिए । बैशाख १० गते देखि सञ्चालन मेस १५ गते सम्म जारी रहने छ ।

‘हामीले हरेक दिन २ सय परिवारका लागि खाना तयार गरि वितरण गरिरहेका छौं।’ कार्यक्रमको सहकार्य गरिरहेको नदिपुर युनाइटेड क्लबका संस्थापक सचिव विकास पुनले भने ‘आवश्यकताा र माग अनुसार घरघरै खाना पुर्याउने काम गरिरहेका छौं ।’

अहिले ५ सय जनालाई खाना वितरण गरिरहेको पोखरा महानगरपालिका वडा नम्बर ३ का अध्यक्ष रविन्द्रबहादुर प्रजुले बताए । उनले वडा नम्बर ३ का बासिन्दालाई मात्रै नभएर आवश्यकता अनुसार पोखराका विभिन्न वडामा खाना पुर्याइएको बताए । पोखराको नया बसपार्क, अँधेरिकुना, मालेपाटन, बिरौटा, दिप, फुलबारी लगायतका क्षेत्रमा खाना पुर्याइएका छ । आवश्यकता अनुसार १ हजार जनालाइ खाना वितरण गर्ने योजनामा आफुहरु रहेको संयोजक महेन्द्र भान्जा पुनले जनाए ।

हरेक दिन २ सय परिवारका लागि कोपिलढुँगा बालविकास केन्द्रमा खाना तयार गरि वितरण गरिरहेको नगर तरुण दलले कार्यक्रमका लागि पोखरा महानगरपालिका वडा नम्बर ३ कार्यलय तथा नदिपुर युनाइटेड क्लबसंग सहकार्य गरको छ ।

कमेन्ट गर्नुहोस्
Share: