काठमाडौं, पौष ४ । बहुप्रतिक्षित ‘होम एन्ड अवे’का आधारमा सन्चालन गरिने भनिएको राष्ट्रिय लिग फुटबल प्रतियोगिता डेढ महिना ढिला गरी सन्चालन हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रतियोगिता माघ ७ गतेदेखि सुरु गर्ने जनाएको हो ।
यसअघि एन्फाले गत मंसिर २२ गतेदेखि प्रतियोगिता आयोजना गर्ने जनाएको थियो । एन्फाका कार्यबाहकअध्यक्ष ललितकृष्ण श्रेष्ठले आन्तरिक कारणले डेढ महिना ढिला हुन गएको भन्दै केही दिनमै सहभागी टिमको छिनोफानो हुने बताए ।
श्रेष्ठका अनुसार पहिलोपटक हुन लागेको ‘होम एन्ड अवे’ लिगमा बढीमा १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।
कमेन्ट गर्नुहोस्

