अझै तीन दिनसम्म मौसम नखुल्ने

477
0
Share:

काठमाडौं । आज (आइतबार) देखि मङ्गलबारसम्म मौसम बदली हुने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

प्रि मनसुन चलिरहेको र पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडी तथा अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकोले तत्काल मौसम सफा हुने सम्भवना नरहेको मौसमविदले जनाएको छ ।

मङ्गलबारसम्म देशका विभिन्न ठाउँमा मेघगर्जन, हावाहुरी र असिनासहित पानी पर्ने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: