
काठमाडौं । पर्साको वीरगञ्जमा दुई जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा वीरगञ्जका दुईजनामा (आज) आइतवार कोरोना पुष्टि भएको हो।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ। स्वास्थ्य मन्त्रालयकोअनुसार उनीहरु दुवैजना वीरगञ्ज निवासी ५० वर्षीय पुरुष हुन्। उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र दुवैजनालाई हाल वीरगञ्जस्थित कोरोना अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको जनाइएको छ ।
यस्तै नेपालमा कोरोना संक्रमितमध्ये १२ जना निको भएर घर फर्किसकेका छन्।
कमेन्ट गर्नुहोस्

