देशभर मौसम बदली : मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित पानी पर्ने

Share:

पोखरा । आज (सोमबार) पोखरालगायत देशका विभिन्न ठाउँमा पानी परिरहेको छ । अझै केही दिन देशभरको मौसम सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वमा बनेको न्यूनचापीय क्षेत्रसँगै, पश्चिमी र स्थानीय वायु तथा बंगालको खाडी र अरबसागरबाट जलवाष्पयुक्त हावा नेपाल भित्रिरहेकाले अझै केही दिन देशभरकै मौसम पूर्ण रुपमा खुल्ने संभावना कम रहेको मौसमविद्ले बताएका छन् ।

आज देशभरको मौसम सामान्य बदली भई पश्चिमी क्षेत्रका अधिकांश स्थानमा र मध्य र पूर्वी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित पानी पर्ने जनाइएको छ ।

यस्तै राति पनि देशभर सामान्य बदली रही अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित पानी पर्नेे सम्भावना रहेको जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: