
काठमाडौं । कोरोना (कोभिड–१९) बाट विश्वभर हालसम्म ज्यान गुमाउनेको संख्या २ लाख ११ हजार ६ सय ९ पुगेको छ। यस्तै संक्रमितको संख्या ३० लाख ६४ हजार ८३० पुगेको छ भने ९ लाख २२ हजार ३ सय ९७ जना निको भएर घर फर्किएका छन्।
अमेरिकामा हाल मृत्यु हुनेको संख्या ५६ हजार ६ सय ४९ पुगेको छ। त्यस्तै त्यहाँ संक्रमितको संख्या १० आठ हजार ४३ संक्रमित रहेका छन्। इटालीमा २६ हजार ९ सय ९७ जनाको मृत्यु भएको छ। त्यस्तै १ लाख ९९ हजार संक्रमित रहेका छन्। स्पेनमा २३ हजार ५ सय २१ जनाको मृत्यु भएको छ भने २ लाख २९ हजार ४ सय २२ जना संक्रमित छन्। फ्रान्समा १ लाख ६५ हजार ८ सय ४२ जनामा संक्रमण देखिएको छ। त्यहाँ २३ हजार २ सय ९३ जनामा संक्रमण देखिएको छ।
छिमेकी देश भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ सय ३९ पुगेको छ भने त्यहाँ २९ हजार ४ सय ५१ जनामा संक्रमण रहेका छन् ।
