म्याग्दी, पौष ५ \ क्रान्तिकारी पत्रकार संघ म्याग्दी शाखाले फिल्म ‘भिमदत्त’को बिशेष प्रर्दशनी गरेर पत्रकारिता अक्षयकोष स्थापनाका लागि ६० हजार रुपैया संकलन गरेको छ ।

म्याग्दी जिल्लामा क्रियाशिल पत्रकारहरुलाई प्रोत्साहनका लागि पुरस्कृत गर्ने उद्देश्यले अक्षयकोष स्थापनाका लागि आयस्रोत जुटाउने उद्देश्यले शनिबार बिहान बेनीको रुची हलमा ऐतिहासिक व्यक्तित्व भिमदत्त पन्तको जिवनमा आधारित रहेर निर्माण गरिएको ‘भिमदत्त’को बिशेष प्रर्दशनी गरिएको हो ।
नवल खड्काले निर्माण गरेको ‘भिमदत्त’मा खड्काका साथै निशा अधिकारी, सुमिना घिमिरे लगायतका कलाकारहरुको अभिनय रहेको छ । गोल्डेन आई फिल्मसले सुदुर पश्चिमका किसान आन्दोलनका अगुवा भिमदत्त पन्तको जिवन, उनले देशका लागि गरेको योगदान र सामाजिक विषयबस्तुलाई समेटेर निर्माण गरेको फिल्मको निर्देशन हिमग्याप लामाले गरेका हुन् ।
अक्षयकोषमा थप स्रोतको खोजी गरि एक लाख रुपैया पुर्याउने र सोको ब्याजबाट प्रत्येक वर्ष म्याग्दीका एक जना पत्रकारलाई कृष्ण सेन ईन्छुकको स्मृतीमा कृष्ण सेन सिर्जनशिल पत्रकारिता पुरस्कारद्धारा सम्मान गर्ने लक्ष्य राखिएको छ ।
filmykhabar.com
