साताभर सुन ३ सयले घट्यो

Share:

काठमाडौं, पौष ५ । अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै स्थानीय बजारमा यस साता सुनको भाउँमा तोलामा ३ सय रुपैयाँले कमी आयो ।

gold

आइतबार प्रति दशग्राम ४४ हजार ८ सय ४० अर्थात तोलाको ५२ हजार ३ सय मा कारोबार भएको सुन शुक्रबारसम्म आइपुग्दा ५२ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस साता बुधबार सबैभन्दा उच्च तोलाको ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै यस साता चाँदीको भाउँमा पनि तोलामा ३० रुपैयाँले कमी आयो । आइतबार तोलाको ७ सय ३० मा कारोबार भएको चाँदी शुक्रबारसम्म आइपुग्दा ७ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

चाँदीको यो मूल्य पाँच वर्षयताकै न्यून रहेको महासंघले जनाएको छ । लगानीकर्ता बढ्दो अमेरिकी डलरको कारण अमेरिकी शेयर बजारमा आकर्षित भएपछि त्यसको प्रभाव सुनमा परेको महासंघले जनाएको छ । डलरको प्रभाव यहि अवस्थामा रहे सुनको भाउँमा अझै कमी आउन सक्ने महासंघको अनुमान छ ।

कमेन्ट गर्नुहोस्
Share: