पिन गण्डकीको रक्तदान कार्यक्रममा ९३ युनिट रगत संकलन

Share:

पोखरा । प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) गण्डकी प्रदेशको आकस्मिक रक्तदान कार्यक्रममा ९३ युनिट रगत संकलन भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेकपा कास्की अध्यक्ष एवं गण्डकी प्रदेशका सांसद कृष्ण थापाले पहिलो रक्तदाता ई. अस्मिता तिवारीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको उद्दघाटन गरे ।

शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म भएको रक्तदान कार्यक्रममा पिन केन्द्रिय सदस्य ई. टेकबहादुर कटुवाल, ने.ई.य. गण्डकी प्रदेश अध्यक्ष आ.ई. बाबुराम भण्डारी लगायत पिनका ईन्जिनियरहरुको बाक्लो उपस्थिति थियो । लकडाउनको समयमा पूर्वनिर्धारित रक्तदानका कार्यक्रमहरु नहुने भएपछि क्षेत्रीय रक्तसञ्चार केन्द्र रामघाट पोखराको विशेष अनुरोधमा आफुहरुले रक्तदान कार्यक्रमको आयोजना गरेको संयोजक ई.सुदिप कोइरालाले जानकारी गराए ।

‘क्षेत्रिय रक्तसञ्चार केन्द्रबाट रगतको अभाव भएको सुचना आएसँगै हामी रक्तदान कार्यक्रमका लागि तयार भएका हौ’, उनले भने । उसो त पिनले वार्षिकरुपमै रक्तदान कार्यक्रमलाई निरन्तरता दिइँदै आएको छ । सामाजिक दुरी कायम रहने गरी रक्तदान कार्यक्रम गरिएको ई.कोइरालाले बताए । पिनका अध्यक्ष ई.महेन्द्र गोदारको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव ई. सुरेश तिमिल्सिनाले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: