
स्याङ्जा । स्याङ्जाको वालिङमा एक डेङ्गुका बिरामी फेला परेका छन् ।
पोखरास्थित गण्डकी मेडिकल कलेजमा आइतबार वालिङ– ८ का ७० वर्षीय एक पुरुषको रगतको परीक्षण गर्दा डेङ्गुको सङ्क्रमण पुष्टि भएको वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।
यस्तै हिजो (आइतबार) नै पोखरामा एक र म्याग्दीमा ३ जना डेङ्गुका बिरामी भेटिएका थिए ।
यो पनि पढ्नुहोस् :
गण्डकी प्रदेशमा ४ जना डेंगुका विरामी भेटिए
कमेन्ट गर्नुहोस्
