कोरोना महामारी : विश्वभर मृतक संख्या २ लाख ५२ हजार नाघ्यो, ३६ लाख ४५ हजार बढी संक्तमित

Share:

काठमाडौँ । कोरोना (कोभिड–१९)बाट विश्वभर मृतक संख्या अहिलेसम्म २ लाख ५२ हजार ३ सय ९३ पुगेको छ । यस्तै संक्रमित संख्या ३६ लाख ४५ हजार ३ सय २० जना पुगेको छ भने ११ लाख ९२ हजार ९ सय ५९ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो तथ्यांक अनुसार कोरोनाका कारण सबैभन्दा धेरै अमेरिकामा ६९ हजार ७ सय ९ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या १२ लाख ११ हजार ८ सय ३८ पुगेको छ ।

इटालीमा २९ हजार ७९ जनाको मृत्यु भएको छ भने २ लाख ११ हजार ९ सय ३८ संक्रमित छन् । स्पेनमा मृतक संख्या २५ हजार ४ सय २८ पुगेको छ भने २ लाख ४८ हजार बढी संक्रमित छन् । बेलायतमा संक्रमितको संख्या १ लाख ९० हजार ५ सय नाघ्दा २८ हजार ७ सय बढीको मृत्यु भएको छ ।

फ्रान्समा संक्रमितको संख्या १ लाख ६९ हजार ४ सय नाघेको छ । यस्तै २५ हजार २ सय जनाको मृत्यु भएको छ । यता छिमेकी देश भारतमा ४६ हजार ४ सय ३७ जनामा संक्रमित मध्ये १ हजार ५ सय ६६ जनाको मत्यु भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: