वीरगञ्जमा थप १७ जनामा कोरोना पुष्टि : सङ्क्रमित संख्या ९९ पुग्यो

Share:

काठमाडौँ । पर्साको वीरगञ्जमा थप १७ जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा यसबारे जानकारी दिएका हुन्।

टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट १० जना पुरुष र ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ ।

कोरोना पुष्टि भएकाहरुमा २ महिनादेखि ६६ वर्षकासमेत रहेको बताइएको छ । उनीहरु सबैजना पर्सा जिल्लाका निवासी हुन् ।

कमेन्ट गर्नुहोस्
Share: