जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका बन्द

Share:

काठमाडौँ ।  सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाकामा आवागमन बन्द गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका आवागमनमा लगाएको रोकलाई मे ३१ अर्थात जेठ १८ गतेसम्म लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले २०७६ चैत्र ११ गतेदेखि देशभर जारी लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय पनि गरेको थियो । बैठकले भोलि २५ गते बुद्धजयन्तीको अवसरमा साँझ ७ बजे दीप प्रज्जवलन गर्ने निर्णय समेत गरेको छ । बुद्ध जयन्तीमा सरकारले देशभर सार्वजनिक विदा दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: