नेपालगञ्जमा थप एक जनामा कोरोना पुष्टि, संक्रमित संख्या १०२ पुग्यो

Share:

काठमाडौँ । नेपालगञ्जमा १६ वर्षका एक किशोरमा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा थप एक जनालाई कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०२ पुगेको छ । संक्रमित हुनेमा ७४ जना पुरुष रहेका छन् भने २८ जना महिला रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती मध्ये निको भएर घर फर्कनेको संख्या २७ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: