विश्वभरमा कोरोनाबाट २ लाख ७६ हजार बढीको मृत्यु, ४० लाख बढी संक्रमित

Share:

काठमाडौँ । विश्वमा कोरोना (कोभिड–१९)बाट अहिलेसम्म २ लाख ७६ हजार २१६ जनाको मृत्यु भैसकेको छ । पछिल्लो तथ्याङ्क अनुसार विश्वभर ४० लाख १२ हजार ८३७ संक्रमित रहेका छन् । जसमध्ये १३ लाख ८५ हजार १३५ निको भएका छन् ।

अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ७८ हजारभन्दा धेरैको ज्यान गएको छ । त्यहाँ १३ लाख २० हजारभन्दा धेरै कोरोना संक्रमित छन् ।
इटालीमा ज्यान गुमाउनेको संख्या ३० हजार २०१ पुगेको हो । त्यहाँ संक्रमितको संख्या दुई लाख १७ हजार भन्दा बढी पुगेको छ । यस्तै बेलायतमा ३१ हजारभन्दा धेरै, स्पेनमा २६ हजार २९९ र फ्रान्समा २६ हजार २३३ जनाको ज्यान गएको छ ।

यता छिमेकी देश भारतमा ५९ हजार ६ सय ९३ जनामा कोरोना पुष्टि भएको छ । त्यहाँ अहिलेसम्म १ हजार ९ सय ८५ जनाको ज्यान गएको छ । १७ हजार ८ सय ८७ जना भने निको भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: