
पोखरा । देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली भई केही स्थानमा पानी पर्ने मौसमविद्ले बताएका छन् ।
पूर्वी भू–भाग नजिक बनेको न्युन चापीय क्षेत्र, पश्चिमी र स्थानीय वायु तथा बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले बदली तथा वर्षाको सम्भावना रहको जनाइएको छ ।
शनिबार दिउँसो देशका पहाडी भू–भागका केही स्थान र तराइका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित पानी पर्ने बताइएको छ ।
राति पनि मध्य र पूर्वका थोरै स्थान तथा पश्चिमका पहाडका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित पानी पर्ने जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
