देशभरको मौसम बदली : केही स्थानमा पानी पर्ने

634
0
Share:

काठमाडौँ । देशभरको मौसम आज (सोमबार) सामान्यतया बदली भई केही स्थानमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको प्रभाव रहेकाले मौसम बदली भई पानी पर्ने जनाइएको छ ।

दिउँसो देशका अधिकांश क्षेत्रमा सामान्य बदली भई पहाडी र तराईका केही स्थानमा मेघगर्जन, चट्याङ्ग तथा हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको बताइएको छ ।

राति पनि अधिकांश क्षेत्रमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ्ग तथा हावाहुरीसहित पानी पर्ने जनाइएको छ ।

कमेन्ट गर्नुहोस्
Share: