
काठमाडौँ । नेपाली भूमीमा भारतले सडक निर्माण गरेको विरोधमा प्रदर्शनमा उत्रिएका मानवअधिकारवादी कृष्ण पहाडीलगायत पक्राउ परेका छन् ।
मंगलबार बिहान लैनचौरस्थित भारतीय दूतावासअगाडि प्रदर्शन गर्ने पहाडीलगायतका अधिकारकर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाली भूमी अतिक्रमण गरेर बनाइएको धार्चुला–लिपुलेक लिङ्क रोडको भारतीय रक्षामन्त्री राजनाथ सिंहले गत शुक्रबार भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेका थिए ।
यसको विरोधमा केही दिनदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा विरोध तथा प्रदर्शन भइरहेका छन् ।
कमेन्ट गर्नुहोस्
