पर्बतमा कफी,लप्सी तथा सुन्तला महोत्सब

Share:

पोखरा ६ पुष । पर्बतमा पुष ९ गतेदेखि कफी, लप्सी तथा सुन्तला महोत्सब हुने भएको छ । घरेलु तथा साना उद्योग महासंघ र जिल्ला बिकास समिति पर्बतको आयोजनामा हुने महोत्सब पुष १५ सम्म चल्ने आईतवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

‘चौथो पर्वत लघु, घरेलु, कृषी , वनजन्य औद्योगिक प्रदर्शनी एबं कफी, लप्सी तथा सुन्तला महोत्सब ’ कुष्मा नगरपालिका– ९ मा एक साता सम्म चल्नेछ । स्थानिय कृषी उत्पादनको प्रबद्र्धनको लागि आयोजित महोत्सबमा दुई सय ५० उद्यमीका उत्पादन समेटिएको डेढ सय स्टल रहने मुल= आयोजक समितिका संयोजक एबं घरेलु तथा साना उद्योग महासंघ पर्वतका अध्यक्ष शिव शर्मा पौडेलले जानकारी दिए ।

अनुमानित दुई लाख भन्दा बढी दर्शक भित्रने महोत्सबबाट एक करोड ५० लाख कारोबारको अपेक्षा राखिएको छ । महोत्सबमा कफी, लप्सी तथा सुन्तलाको साथै स्थानिय उत्पादनहरु अल्लोका कपडा, नेपाली कागज, हस्तकलाका सामान, जडिबुटी, माछा, दुधका परिकार पनि पाईने छ । साथै कफी, लप्सी, सुन्तला लगायत अन्य कृषीजन्य उत्पादनको प्रशोधन र परिकार बनाउने तालीम पनि महोत्सबको अबसरमा प्रदान गरिने आयोजकले जनाएको छ ।
उद्योग ब्यबशाय दर्ता, नविकरण, बजार प्रबद्र्धन सम्बन्धि परामर्श सेवा पनि महोत्सब स्थलबाट प्राप्त गर्न सकिने बताईएको छ । महोत्सब प्रबेशको लागि सर्बसाधारणलाई ४० र बिद्यार्थीको लागि ३० रुपैया शुल्क निर्धारण गरिएको र प्रत्येक प्रबेश टिकटमा उपहार स्वरुप लप्सी, सुन्तला लगायतका स्थानिय उत्पादन उपहार स्वरुप प्रदान गरिने पौडेलले बताए ।

स्थानिय लोकसास्कृतिक कार्यक्रम तथा कफी सास्कृतिक कार्यकम पनि महोत्सबको आकर्षणको रुपमा रहने छन् । भलिबल, छेलो हान्ने, लठ्ठा तान्ने लगायतका प्रतियोगितात्मक कार्यक्रमको साथमा पर्यटकिय स्थलहरुको फोटो प्रदर्शनीलाई पनि महोत्सबमा समेटिने भएको छ । घरेलु , साना उद्यमी तथा कृषकहरुका उत्पादन एकैथलोमा बिक्रिबितरण, प्रबद्र्धन गर्न महोत्सब फलदायी हुने बिश्वास गरिएको छ । उद्यमीहरु बिच एक आपसमा अनुभब साटासाट गर्ने स्थलको रुपमा समेत महोत्सब सफल हुने आयोजकको दाबि छ । साथै उत्पादित बस्तुको बजार पहिचानसंगै खरिदकर्ता र उद्यमी बिचको सम्बन्ध स्थापित गर्न र उद्यमशिलता बृद्धिको लागि महोत्सबले महत्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ ।

पर्वतमा कफी उत्पादनको एकिन तथ्याङ्क नभएपनि बार्षिक अनुमानित २५ टन उत्पादन हुने र २० टन निर्यात हुने गरेको छ । त्यस्तै बार्षिक १५ सय मेट्रिकटन सुन्तला उत्पादन हुने पर्बतबाट ५ सय मेट्रिकटन निर्यात हुने अनुमान छ ।

५५ गाबिस रहेको पर्बतमा ४४ गाबिसमा कफी उत्पादन हुदै आएको छ भने १० गाबिसको झण्डै ५ सय हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुदै आएको छ । महोत्सब स्थलबाट झण्डै एक सय टन सुन्तला बिक्रि हुने जिल्ला बिकास समिति पर्वतका कार्यक्रम अधिकृत तुलसीराम पौडेलले जानकारी दिए ।  लप्सी उत्पादनको भने कुनै तथ्याङ्क नरहेको जिल्ला बिकास समिति पर्वतले जनाएको छ । स्थानिय उत्पादनको प्रबद्र्धनको लागि पर्वतमा प्रत्येक ३ बर्षमा महोत्सब हुदै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: