थप तीन जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४९ पुग्यो

Share:

काठमाडौँ । नेपालमा थप तीन जनामा कोरोना (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं, धनुषा र धादिङका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौँ दहचोक निवासी ७ वर्षीय बालक, धनुषा निवासी १७ वर्षीय महिला र धादिङ निवासी ३० वर्षीय महिला संक्रमित भएका मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४९ पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: