विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो, १७ लाख बढी निको भए

Share:

काठमाडौँ । विश्वभर कोरोना (कोभिड–१९)बाट मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ। पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ३७१ पुगेको छ । यस्तै विश्वमा संक्रमित ४५ लाख २५ हजार ४२० छन् भने १७ लाख ३ हजार ८०८ जना उपचार पछि निको भएका छन् ।

कोरोनाबाट सबैभन्दा बढी मृत्यु हुनेको संख्या अमेरिकामा ८५ लाख ८ सय १३ पुगेको छ। त्यहाँ संक्रमितको संख्या पनि सबैभन्दा धेरै १४ लाख १६ हजार ५ सय २८ जना रहेका छन् । अमेरिका पछि संक्रमितको संख्या सबैभन्दा धेरै रुसमा २ लाख ५२ हजार २ सय ४५ पुगेको छ ।

यस्तै बेलायतमा ३३ हजार ६ सय ९३ जना मृत्यु भएको छ भने त्यहाँ २ लाख ३४ हजार ४ सय ३९ जना संक्रमित छन् । इटालीमा मृत्यु हुनेको संख्या ३१ हजार ३ सय ६८ पुगेको छ भने त्यहाँ २ लाख २३ हजार ९६ जनामा संक्रमण पुष्टि भएको छ।

यता छिमेकी देश भारतमा संक्रमितको संख्या झण्डै ८२ पुगेको छ भने त्यहाँ २ हजार ६ सय ४९ जनाको मृत्यु भएको छ।

नेपालमा भने अहिलेसम्म २ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये ३६ जना निको भएका छन्।

कमेन्ट गर्नुहोस्
Share: