एक प्रतिशत भाडा घटाउने निर्णय न्यायसंगत भएनः विद्यार्थी संगठन

Share:

७ पुस, काठमाडौं ।
विद्यार्थी संगठनहरुले सार्वजनिक सवारी साधनको भाडा २४ घण्टा भित्र घटाउन सरकारसँग माग गरेका छन् । सोमबार बसेको सत्ता पक्ष र प्रतिपक्ष दल निकट विद्यार्थी संगठनहरुको संयुक्त बैठकले २४ घण्टा भित्र भाडा घटाउन अल्टिमेटम दिएको हो ।
सरकारले एक प्रतिशत मात्रै सार्बजनिक भाडा घटाउने तयारी गरेको भन्दै विद्यार्थीहरुले विरोध समेत गरेका छन् ।
इन्धनको मूल्य धेरै नै घटिसकेपनि एक प्रतिशत मात्रै भाडा घटाउन लाग्नु न्यायसंगत नहुने नेविसंघ प्रवक्ता यूपी लामिछानेले बताए ।
एक प्रतिशत मात्रै भाडा घटाउने कुरा न्यायसंगठन नहुने भएकाले जनताले राहत महसुस गर्ने गरी भाडा घटाउनु पर्ने विद्यार्थी संघ–संगठनको माग छ ।
यसैबीच, विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयले आंगिक क्याम्पसहरुमा पर्याप्त तयारी विना सेमेष्टर प्रणाली लागू गर्न लागेको भन्दै विरोध समेत गरेका छन् । उनीहरुले जबर्जस्ती सेमेष्टर प्रणाली लागू गर्न लागिएको भन्दै फारम वितरणमा अवरोध पुर्याउने चेतावनी समेत दिएका छन् ।
यी माग सुनुवाई नभए आउँदो ९ गते पुनः बैठक बसेर आन्दोलनका कार्यक्रम तय गर्ने बैठकले निर्णय गरेको छ ।

कमेन्ट गर्नुहोस्
Share: