
काठमाडौँ । शनिबार दिउँसो थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनासंख्या मन्त्रालकाअनुसार महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय युवकमा कोरोना पुष्टि भएको हो । यसअघि आज शनिबार नै ९ जना संक्रमित थपिएका थिए।
यो सँगै नेपालमा संक्रमितहरूको संख्या २ सय ७८ पुगेको छ। संक्रमित मध्ये ३६ जना निको भएर घर फर्किएका छन् भने नेपालमा शनिबार नै एक संक्रमित महिलाको ज्यान गएको छ ।
कमेन्ट गर्नुहोस्
