बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि

Share:

काठमाडौँ । बाँकेको क्वारेन्टाइनमा आज बिहान मृत्यु भएका युवकको स्वाब परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

२५ वर्षीय ती युवकको स्वाब परीक्षणका लागि हिजो (शनिबार) भेरी अञ्चल अस्पताल लगिएकोमा आज रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मृतक वैशाख ३० गते भारतबाट नेपाल आएका थिए । उनलाई गाउँपालिकाले त्यसैदिनबाट नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा राखेको थियो । उनमा स्वासप्रश्वासमा समस्या भएको र आज विहान ६ः४० बजे मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । नेपालमा अहिलेसम्म संक्रमितको संख्या दुई सय ९१ पुगेको छ । ३६ जना निको भएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: